राजस्व सम्बन्धि नीति कानुन तर्जुमा कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत) ।
सम्पत्तिकर घरबहाल कर घरजग्गा रजिस्ट्रेसन शुल्क सवारी साधन कर सेवा शुल्क दस्तुर पर्यटन शुल्क विज्ञापन कर व्यवसाय कर भूमिकर मालपोत दण्ड जरिवाना मनोरञ्जन कर घरजग्गा कर मृत वा मारिएको जीवजन्तुहरूको हाड सिङ प्वाख छालामा कर प्राकृतिक स्रोत साधन व्यावसायिक कर सम्बन्धी नीति कानुन मापदण्ड कार्यान्वयन बाँडफाँट संकलन र नियमन अन्य आय व्यवस्थापन ।
सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धित नीति कानुन मापदण्ड तथा नियमन र सोको संकलन तथा बाँडफाट सिफारिस ।
आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण सङ्घीय र प्रदेश कानुन बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन समन्वय र नियमन ।
स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवाशुल्क तथा दस्तुर नीति कानु मापदण्ड नियमन शुल्क निर्धारण संकलन तथा व्यवस्थापन मालपोत सङ्कलन ।
कानुन बमोजिम ढुङ्गा गिटी बालुवा माटो नुन स्लेट फायरक्लेजस्ता खानी खनिज पदार्थको सर्वेक्षण उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन ।
सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन ।
पानीघट्ट कुलो पैनि जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन ।
प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना ।
प्रचलित कानुन बमोजिम दण्ड जरिवाना ।
राजस्व सम्भाव्यता अध्ययन तथा विश्लेषणात्मक कार्य ।
बाँकी बक्यौता रकमको लगत र असुल उपर ।
करदाता शिक्षा तथा करदाता विवरण अध्यावधिक ।
वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँट सम्बन्धी सिफारिस ।
आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन ।
राजस्व परामर्श समिति सम्बन्धी विषय वा सचिवालय ।
स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन ।
राजस्व सूचना तथा तथ्याङ्कको आदानप्रदान ।
संघीय तथा प्रदेश कानुन बमोजिम बजेट घाटा पूर्तिको स्रोत व्यवस्था ।