गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला, ऐतिहासिक रूपमा आधुनिक नेपाल निर्माण र पौराणिक गोर्खा सैनिकहरूको नाम संग जोडिएको छ । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको मध्ये एक नगरपालिका हो पालुङटार नगरपालिका ।
पालुङटार नगरपालिका गोरखा जिल्ला अन्तर्गत मध्ये एक ऐतिहासिक महत्त्व रहेको सुन्दर नगरपालिका हो | यो २०७१ सालमा साविकको ४ वटा गा.वि.स (च्याङली, गाईखुर, पालुङटार, आँपपिपल) मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स (मिरकोट, धुवाकोट र खोप्लाब) थपिई बनेको नगरपालिका हो | यस नगरपालिकामा २०७८ को जनगणना अनुसार ११०७२ घरपरिवार जसमा १७२६२ जना पुरुष र २०१४७ जना महिला गरी कुल ३७४०९ जना जनसंख्या रहेको छ । यसरी बनेको हालको नगरपालिकाको क्षेत्रफल १५८.६२ बर्ग कि.मी रहेको छ | यस नगरपालिकाको पूर्वमा गोरखा न.पा र सिरान्चोक गा.पा, पश्चिममा तनंहु जिल्ला, उत्तरमा सिरानचोक गा.पा र लमजुंग जिल्ला र दक्षिणमा गोरखा न.पा र तनंहु जिल्ला पर्दछ । यो नगरपालिका राजधानी शहर काठमाडौँ र धेरै लोकप्रिय पर्यटन स्थलहरु जस्तै पोखरा र चितवन देखि नजिक छ र राष्ट्रिय राजमार्ग पृथ्बी राजमार्गसंग जोडिएको छ । यस क्षेत्रमा फैलिएको तीन प्रमुख नदीहरू चेपे, दौरादी र मर्स्याङ्दीले कृषि क्षेत्रमा र कृषि अर्थतन्त्रको आधार बनाएको छ। नेपाल सरकारले पालुङटारलाई देशको पहिलो स्मार्ट सिटी बनाउने योजना बनाएको छ । यस नगरपालिकामा लिगलिगकोट, कोटगढी, ताल पोखरी, तातो पानी जस्तो ऐतिहासिक सास्कृतिक सम्पदाले भरिपूर्ण भएको पर्यटकिय स्थल पनि रहेको छ जहाँ प्रत्येक वर्षको असोजमा लिग लिग दौड प्रतियोगिता द्धारा १ वर्षका लागि लिगलिगे राजा चयन गर्ने गरिन्छ ।
लागु औषध दुरुपयाेग विरुद्दकाे अन्तराष्ट्रिय दिवस
१५ औं नगर सभाबाट पारित आ.व. २०८१/८२ काे नीति तथा कार्यक्रम
१५ औं नगर सभाबाट पारित आ.व. २०८१/८२ काे नीति तथा कार्यक्रम
करार कर्मचारीको कार्यसम्पादन मुल्यांकन फारम
स्वास्थ्य शाखाको दरखास्त फारम
लागु औषध दुरुपयाेग विरुद्दकाे अन्तराष्ट्रिय दिवस
एघारौ नगर सभाबाट पारित नीति, योजना तथा कार्यक्रम आ.व. २०७९/८०
पालुङटार नगरपालिकाको योजना तथा परियोजना ०७८/७९
प्रथम आवधिक योजना पालुङटार नगरपालिका - नेपालीमा
प्रथम आवधिक योजना पालुङटार नगरपालिका- अंग्रेजीमा
आ.व. २०८२/०८३ को लागि नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन गरि बिक्रि गर्ने
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
शित भण्डार ठेक्का लगाउने बोलपत्र आह्वान सम्बन्धी सूचना
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
आ.व. २०८१-८२ को लागि नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन गरि बिक्रि गर्ने कार्यको
करार कर्मचारीको कार्यसम्पादन मुल्यांकन फारम
स्वास्थ्य शाखाको दरखास्त फारम
पशु चिकित्सक र कृषि स्नातकको दरखास्त फारम
अन्य पदको दरखास्त फारम
परीक्षा सामूहिक विवरण फारम
KriwiAI